एनआरएनए एनसीसी अमेरिकाको ९ औं साधारण सभा तथा ज्ञान सम्मेलन सम्पन्न

Published On: Wednesday, July 8, 2020 | Source: NRNA USA
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद युएसएको नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन सम्पन्न भएको छ ।
जुलाई ३ तारिख शुरु भएको साधारण सभा तथा नलेज कन्भेन्सन जुलाई ५, २०२० का दिन बिधान संशोधनको कार्यक्रमसंगै सम्पन्न भएको छ। जुलाई ३ तारिखका दिन साहित्यिक स्वागत सहित अतिथिहरुका शुभकामना मन्तब्य राखेर कार्यक्रमको उदघाटन भएको थियो। नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालबाट कन्भेन्सनको ब्यानर पढेर उदघाटन गर्नु भएको थियो।
साधारण सभा तथा ज्ञान सम्मेलन भब्य र सफलताका साथ सम्पन्न भएको एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सुनील साहले बताउनु भएको छ। साहले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै साधारण सदस्य, आजीवन सदस्य, बिभिन्न तह र तप्काका पदाधिकारीहरु र स्वयं सेवक साथीहरुलाई धन्यवाद ब्यक्त गर्नु भएको छ। यसैगरी साधारण सभा तथा कन्भेन्सनका कन्भेनर अर्जुन बन्जाडेले पनि यो कार्यक्रम भब्य बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद ब्यक्त गर्नु भएको छ।
कन्भेन्सनको दोस्रो दिन अमेरिका र विश्वभरका नेपाली विज्ञहरुको ज्ञान बाड्ने गरि 'राष्ट्रिय ज्ञान सम्मेलन' आयोजना गरिएको थियो। उक्त सम्मेलनमा ८ वटा सिम्फोजियम र ४ वटा टाउन हल व्यवस्था गरेर बिभिन्न बिषयमा गहन छलफल गराईएको थियो। उक्त सम्मेलनको संयोजन डाक्टर तारा सिग्देलले गर्नुभएको थियो।
 
त्यसैगरी तेस्रो दिन, जुलाई ५ तारिखमा बिहान ११ बजेदेखि साँझसम्म निरन्तर रुपमा महासचिवको संगठनिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र बिधान संशोधन समितिको प्रस्तावमाथि घनिभूत रुपमा छलफल भएको र सर्व सम्मतले सबै प्रतिवेदन पारित गरेको महासचिव पशुपति पाण्डेले बताउनु भयो ।
कार्यक्रमका दौरान कोभिड–१९ का कारण ज्यान गुमाउनु भएकाहरुप्रति हार्दिक श्रदाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गरिएको र संक्रमणका कारण बिरामि हुनु भएका सबैमा शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।
साधारण सभामा केन्द्रिय सचिव गौरी जोशी, सल्लाहकार हरिबोल भण्डारी र एनसीसीका प्रमुख संरक्षक तथा निबर्तमान अध्यक्ष केशव पौडेलको कार्यक्रम अबधिभर सक्रिय सहभागीता रहेको थियो ।
 
सतीश चापागाईं
संचार संयोजक
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद युएसए